२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

न्युजिल्यान्डद्वारा शृंखला क्लिन स्विप

न्युजिल्यान्डले बिहीबार बंगलादेशविरुद्धको ट्वान्टी–२० शृंखला क्लिन स्विप गरेको छ। बिहीबार वर्षाले प्रभावित तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा न्युजिल्यान्डले बंगलादेशलाई ६५ रनले हराउँदै ३–० ले शृंखला आफ्नो पक्षमा पारेको हो। वर्षाका कारण खेल १० ओभरमा घटाइएको थियो।

न्युजिल्यान्डले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य पछ्याएको बंगलादेश तीन बलअगावै ७६ रनमा अलआउट भएको थियो। बंगलादेशका लागि ओपनर मोहम्मद नाइमले सर्वाधिक १९ रन जोड्दा मोसाद्दिक हुसेनले १३ र सौम्य सरकारले १० रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

बंगलादेशलाई सस्तोमा समेट्ने क्रममा न्युजिल्यान्डका टोड एस्ट्लेले १ ओभरमा १३ रन खर्चंदै ४ विकेट लिए। त्यस्तै टिम साउथीले ३ तथा एडम मिल्ने,लोकी फर्गुसन र ग्लेन फिलिप्सले समान १ विकेट लिएका थिए। यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित १० ओभरमा मात्र ४ विकेट गुमाउँदै १ सय ४१ रनको सम्मानजनक योगफल खडा गरेको थियो। 

न्युजिल्यान्डका लागि ओपनर फेन एलनले ७७ र मार्टिन गप्टिलले ४४ रनको योगदान गरे। गप्टिल र एलनले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए। गप्टिलले १९ बलमा १ चौका र ५ छक्का प्रहार गर्दा एलनले २९ बलमा १० चौका र ३ छक्का प्रहार गरे। बंगलादेशका मेहदी हसन, सोरिफुल इस्लाम र तस्किन अहमदले समान १ विकेट लिएका थिए।

 

 

प्रकाशित: २० चैत्र २०७७ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App