२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लिटल फ्लावर प्रिमियर लिग को ट्रफि सार्वजनिक

भोली फागुन १५ गतेदेखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को शुक्रवार ट्रफि सार्वजनिक गरिएको छ । विद्यालय स्तरीय यु– १९ राष्ट्रिय  क्रिकेट प्रतियोगिता खेल संचालन हुने धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेलमैदानमा शुक्रवार धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले ट्रफि सार्वजनिक गरेको हो । देशभरका १६ बिद्यालयको सहभागी रहने प्रतियोगिताको सवै तयारी पुरा भएको आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन । लिक कम नक आउटमा  खेलाइने प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक लिटल फ्लावर र विद्या भूषण पब्लिक स्कुल गेटा भिड्ने छन ।

सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरि खेल खेलाईने छ । लिग चरणमा प्रत्येक टिमले ३÷३ खेल खेल्न पाउने छन् । उक्त खेलबाट समूह विजेता ४ वटा टिमले सेमिफाइनलमा स्थान पाउने उनले बताए । फागुन १५ बाट सुरु भएर फागुन २७ गते लिग चरणका खेल सम्पन्न भएपछि २८ गते समूह ए को विजेता र समूह सी को विजेता पहिलो सेमिफाइनल तथा समूह बी को विजेता र समूह डी को विजेता दोस्रो सेमिफाइनल खेल खेल्ने छन् ।  काठमाडौँको हिमालयन ह्याइट हाउस, धनगढी तारानगरको  शारदा विद्या निकेतन, काठमाडौँको नेक्सस इन्टरनेसनल एकेडेमी, कञ्चनपुरको महेन्द्रनगरमा रहेको लिटल बुद्ध एकेडेमी ,लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, धनगढीको शारदा माध्यमिक विद्यालय वैयावेहडी, धनगढीकै त्रिनगर माध्यमिक विद्यालय र विद्या भूषण पब्लिक स्कुल गेटा प्रतियोगितामा सहभागी हुने उनले बताए ।

त्यसै गरी धनगढीको स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, कञ्चनपुरको शारदा सरस्वती माध्यमिक विद्यालय दोधारा, धनगढी नमुना माध्यमिक विद्यालय धनगढी र अत्तरियाको होल्याण्ड इङ्लिस बोर्डिङ स्कुल ,कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिर, रुपन्देहीको न्यु एकेडेमी बोर्डिङ स्कुल, दाङको रोजी बर्ड्स बालबाटिका सेकेन्ड्री बोर्डिङ स्कुल र कैलालीको लम्कीमा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुल पनि सहभागी हुने भएका छन ।

प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही  ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।

प्रकाशित: १४ फाल्गुन २०७७ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App