११ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

डबल्स जोडीलाई हट्न आदेश

न्युयोर्कको स्थानीय स्वास्थ्य विभागले कोरोना भाइरस संक्रमणका कारण युएस ओपनअन्तर्गत महिला डबल्सको शीर्ष जोडीलाई प्रतियोगिताबाट हट्न आदेश दिएको दिन शनिबार सेरेना विलियम्सले संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा स्थान बनाइन्।

फ्रान्सेली खेलाडी बेन्वा पेयरलाई कोरोना भाइरसको संक्रमण भएपछि लगातार विवाद सिर्जना भइरहँदा शनिबार पनि स्थानीय स्वास्थ्य विभागले एक शीर्ष महिला डबल्सको जोडीलाई प्रतिस्पर्धाबाट पछि हट्न आदेश दिएको थियो। शीर्ष जोडी क्रिस्टिना म्लाडेनोभिच र टिमिया बाबोसलाई दोस्रो चरणबाट हटाइएको छ। फ्रान्सकी म्लाडेनोभिच बेन्वासँग कन्ट्याक्ट ट्रेसिङमा देखिएकाले स्थानीय स्वास्थ्य विभागले क्वारेन्टिनमा बस्ने आदेश दिएको हो। ‘जुन खेलाडी संक्रमित व्यक्तिको सम्पर्कमा थिए। उनीहरू अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ,’ अमेरिकी टेनिस एसोसिएसनले विज्ञप्तिमा उल्लेख गरेको छ। यता, फ्रान्सकी एलिजी कर्नटले भने पहिलो चरणको खेलपश्चात् म्लाडेनोभिचको खेल रोक्नु क्रुरतापूर्ण निर्णय भएको बताइन्। 

अमेरिकी स्टार सेरेनाले कीर्तिमानी २४औं ग्रान्ड स्लामको लक्ष्य जारी राख्दा सन् २०१७ की युएस ओपन च्याम्पियन आफ्नै देशकी स्लोएनी स्टेफेन्सलाई स्तब्ध बनाइन्। 

स्थानीय अधिकारीले फ्रान्सकै एड्रिन माननारिनोलाई अन्तिम ३२ को खेलबाट रोक्ने प्रयास गरेको भोलिपल्टै नै फ्रान्सेली जोडीको खेल रोकिएको हो। यद्यपि, न्युयोर्कको स्वास्थ्य विभागले माननारिनोलाई क्वारेन्टिनमा राख्न अमेरिकी टेनिसलाई निर्देशन दिइसकेको छ। सोही दिन अमेरिकी स्टार सेरेनाले कीर्तिमानी २४औं ग्रान्ड स्लामको लक्ष्य जारी राख्दा सन् २०१७ की युएस ओपन च्याम्पियन आफ्नै देशकी स्लोएनी स्टेफेन्सलाई स्तब्ध बनाइन्। आर्थर एस स्टेडियममा भएको खेलमा सेरेनाले एक सेटले पछि परेको स्थितिलाई उल्टाउँदै २–६, ६–२ र ६–२ को जित निकालिन् र त्यस खेललाई उनले ‘तीव्र प्रतिस्पर्धा’ को रूपमा व्याख्या गरेकी थिइन्।

‘उनीले पहिलो सेटमा कुनै गल्ती गरिनन् र निकै राम्रो प्रदर्शन गरिन,’ सेरेनाले भनिन्, ‘मैले सोझो सेटमा खेल नहार्ने अठोट लिएको थिएँ। तर, खेलमै पुनरागमन गर्न सफल भएँ।’ यस वर्ष कोरोना महामारीका कारण दर्शक प्रतिबन्ध गरिएको फ्लसिङ मिडोजमा विश्व नम्बर दुईकी सोफिया केनिन र नाओमी ओसाकाले पनि आफ्नो जितको यात्रा कायमै राखेका छन्। ‘दर्शक नहुँदा खेलाडीले एकअर्कालाई हेर्नुभन्दा विकल्प हुँदैन र त्यो निकै नौलो क्षण हो,’ क्वार्टरफाइनल यात्राका लागि विश्व नम्बर १५ की मारिया साकारीसँगको खेल तय गरेकी सेरेनाले भनिन्।  

ग्रिसकी स्टार मारियाले गत महिना सम्पन्न वेस्टर्न एन्ड साउथर्न ओपनको तेस्रो चरणमा सेरेनालाई नै स्तब्ध बनाएकी थिइन्। शनिबार पनि मारियाले अमेरिकाकै अमान्डा एनिसिमोभालाई ६–३ र ६–१ ले सहजै हराउँदै सेरेनासँगको भेट पक्का गरिन्। शनिबार नै पुरुषतर्पm रसियन स्टार डानिल मेदभेदेभ, माटियो बेरेटेनी र आन्द्रे लुब्लेभ अन्तिम १६ मा प्रवेश गरेका छन्। विश्व नम्बर दुई डोमिनिक थिमले पनि सन् २०१४ को युएस ओपन च्याम्पियन मरिन सिलिकलाई ६–२, ६–२,३–६ र ६–३ ले हराउँदै अन्तिम १६ को यात्रा तय गरेका छन्। 

प्रकाशित: २२ भाद्र २०७७ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App