५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

स्विमिङ लेभल–१ कोचिङ कोर्स सम्पन्न

नेपाल ट्रायथोलन संघको आयोजना अनलाइन स्विमिङ लेभल–१ कोचिङ कोर्स सम्पन्न भएको छ।

वल्र्ड कोचेज एकेडेमीको सहयोगमा कोर्समा ट्रायथोलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकहरूले सहभागिता जनाएका थिए। प्रशिक्षार्थीहरूलाई सिंगापुरका प्रशिक्षक युजित लीले अनलाइनमार्पmत प्रशिक्षण प्रदान गरेका थिए। कोभिड–१९ का कारण खेल गतिविधि ठप्प भइरहेको अवस्थामा प्रशिक्षकहरूलाई पौडीसम्बन्धी ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तरवृद्धि गर्न संघले निकै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रशिक्षणमा सहभागी प्रशिक्षकले बताए। प्रशिक्षक लीले पौडी प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षकको भूमिका, उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गरेका थिए।

प्रशिक्षकले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीको स्तरवृद्धि गर्नसमेत सहयोग पुग्ने संघको विश्वास रहेको छ। प्रशिक्षणको अन्तिम दिन समापनमा यस कार्यक्रमलाई सफल पार्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षक युजिन ली र प्रशिक्षार्थी प्रशिक्षकलाई धन्यवाद प्रदान गरे। वल्र्ड कोचेज एकेडेमीले चीन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ।  

पौडी, साइकलिङ र दौडको मिश्रित खेल ट्रायथोलन हो। नेपालले गत वर्ष घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण, तीन रजत र एक कांस्य जित्न सफल भएको थियो। दक्षिण एसियाली खेलकुदमा पहिलो पटकको प्रतिस्पर्धामै नेपाली खेलाडीले स्वर्ण प्राप्त गरेका थिए।

प्रकाशित: १९ श्रावण २०७७ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App