१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भीमबहादुर च्याम्पियन

प्रथम खुला अनलाइन तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा शनिबार प्रदेश नम्बर–३ रामेछापका भीमबहादुर तामाङ च्याम्पियन  भएका छन् ।

रोल्पा आइटिएफ तेक्वान्दो संघको आयोजनामा शनिबार सम्पन्न च्याम्पियनसिपमा भीमबहादुर प्याटर्नतर्पm च्याम्पियन भएका हुन् । गण्डकी प्रदेश बागलुङका लभिस पुन दोस्रो स्थानमा सीमित भए । बागलुङकै प्रवीण बुढामगर तेस्रो  भए । पाँच पक्ष राखिएको प्याटर्न निर्धारणमा कुल ३४ स्कोर रहेको थियो । जसमध्ये भीमबहादुरले २८ अंक, लभिसले २६ अंक र प्रवीणले २५ अंक प्राप्त गरे ।

नेपाल आइटिएफ महासंघका रेफ्री चेयरमेन प्रवीणकुमार कार्कीको नेतृत्वमा सात सदस्यीय राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रेफ्रीहरूले महासंघ र जिल्ला संघको सहकार्यमा खेलाडीले पठाएको भिडियोको मूल्यांकन गरी भिडियो कन्फरेन्समार्फत नतिजा सार्वजनिक गरिएको प्रतियोगिता संयोजक र रोल्पा आइटिएफका अध्यक्ष विक्रम बाठामगरले जानकारी दिए । प्रतियोगितामा देशभरबाट कुल ६३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

महासंघका अध्यक्ष अन्जन धमलाले महामारीको समयमा अनलाइन च्याम्पियनसिपको अवधारणाले खेलाडीहरूमा थप आत्मविश्वास बढाउनुका साथै खेल विकासमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे । पछिल्लो समयमा कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा खेलाडीलाई क्रियाशील बनाउने उद्देश्यस्वरूप अनलाइन च्याम्पियनसिप सञ्चालन गरिएको विक्रम बाठामगरले जानकारी दिए ।

‘यो महामारीका कारण खेलकुदका सबै गतिविधि रोकिएका छन्,’ विक्रमले भने, ‘यस्तो अवस्थामा खेलाडीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ, तन्दुरुस्त र क्रियाशील बनाउन यस किसिमका प्रतियोगिताले मद्दत गर्दछ ।’ च्याम्पियनसिपमा पहिलो भएका भीमबहादुरले ८ हजार, दोस्रो स्थानका लभिसले ६ हजार र तेस्रो स्थानमा सीमित प्रवीण बुढामगरले चार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

उक्त च्याम्पियनसिपमा परिवर्तन गाउँपालिकाका गणेश बाठामगरले पहिलो, रोशन केसीले दोस्रो र सुवास विकले  तेस्रो नगद पुरस्कार प्रायोजन गरेका थिए ।

प्रकाशित: २५ जेष्ठ २०७७ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App