१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खेलाडीको करार थपिने विश्वास

चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आगामी जुनमा क्लबसँगको सम्झौता सकिएका खेलाडीको करार अवधि नवीकरण हुने विश्वास व्यक्त गरेका छन् ।

कोरोना भाइरसका कारण प्रभावित प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक लाम्पार्डले वर्तमान खेलाडीबाट सिजन अन्त गर्ने बताउँदै खेलाडीहरूको सम्झौता थपिने विश्वास व्यक्त गरेका हुन् । कोरोनाका कारण विश्वका अधिकांश फुटबल गतिविधि रोकिएको अवस्थामा खेलाडीको स्वास्थ्य चिन्ताका साथै उनीहरूको सम्झौता अविधि पनि बढाउनुपर्ने प्रतिक्रिया आइरहेका छन् ।  विश्व फुटबलको प्रशासकीय निकाय फिफाले पनि गत महिना जुनमा करार सकिने खेलाडीको सम्झौताअविधि थप्न सिफारिस गरिसकेको छ ।

चेल्सीका ब्राजिलियन मिडफिल्डर विलियन र फ्रेन्च स्ट्राइकर ओलिभर जिरौडको पनि आगामी जुनमा सम्झौता सकिँदै छ । लाम्पार्डले आफूसँग भएका सबै स्रोतसाधन प्रयोग गरेर यस सिजनको अन्त्य गर्ने लक्ष्य रहेको बताएका छन् । चेल्सीले यस सिजन लिगको शीर्ष चारभित्र रहेर आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने लक्ष्य राखेको छ । ‘हामीसँग अझै पनि राम्रा खेलाडी छन्, त्यसैले मैले केही लक्ष्य देखेको छु,’ लाम्पार्डले  भने, ‘हामीसँग महान् सेवक छन्, क्लबसँग उनीहरूको भावनात्मक सम्बन्ध पनि जोडिएको छ । साथै उनीहरू आफ्नाबारे पनि चिन्तित हुनेछन् । प्रिसिजनबारे हतार गर्नुभन्दा पनि उनीहरूबारे सोच्नुपर्छ ।’

प्रिमियर लिग क्लबहरूले सोमबार सानोसानो समूहमा प्रशिक्षण गर्ने प्रस्तावको समर्थन गरेपछि मंगलबारदेखि सिजन थप अगाडि बढ्ने भएको छ । प्रिमियर लिगले आगामी जुनदेखि सिजन फर्काउने उद्देश्यअनुरूप काम अगाडि बढाएको छ । ‘स्थास्थ्य र सुरक्षा दुवै महत्वपूर्ण पक्ष हुन्, त्यसैले हामीले खेलाडीको अवस्थाबारे पनि विचार गर्नुपर्छ ।

कोही खेलाडी चोटिलो छ भने उनीहरूबीच सहकार्यबारे पनि सोच्नुपर्छ । अहिलेको स्थिति सिजन फर्किने पक्कापक्की मिति नभएकाले खेलाडीको सुरक्षा आवश्यक छ,’ लाम्पार्डले जोड दिए । सबै क्लबका प्रशिक्षकले पनि खेलाडीको सुरक्षाबारे ध्यान दिनुपर्ने लाम्पार्डको भनाइ छ ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App