२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

चेन्नईको अन्तिम लिग दुखद

दिल्ली– किङ्स इलेभेन पन्जाबलाई ६ विकेटको नतिजा सुम्पिएसँगै चेन्नई सुपर किङ्सको इन्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणको सुखद अन्त्य गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।

चेन्नईले प्रस्तुत गरेको १ सय ७१ रनको लक्ष्य पन्जाबले २ ओभरअगावै ४ विकेटको क्षतिमा पूरा गरेको थियो। पन्जाबको सहज जितमा ओपनर लोशेक राहुलले ३६ बलमा ७ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ७१ तथा निकोलास पुरनले २२ बलमा २ चौका र ३ छक्काको मद्दतमा ३६ रनको योगदान गरे। राहुलले पहिलो विकेटका लागि अर्को ओपनर क्रिस गेलसँग १ सय ८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले फाप डु प्लेसिसले ९६ र सुरेश रैनाको ५३ रनमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७० रनको योगफल तयार पारेको थियो। डु प्लेसिस र रैनाले दोस्रो विकेटका लागि १ सय २० रनको साझेदारी गरेका थिए।

यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले शनिबार आइपिएल को सुखद बिदाइ गर्दा सनराइजर्स हैदराबादको प्ले अफ यात्रा कठिन बनेको छ।

सनराइजर्सले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य बंैगलोरले १९.२ ओभरमा मात्र ६ विकेट गुमाउँदै पूरा गरेको थियो । बैंगलोरलाई सहज जित दर्ता गर्दै प्रतियोगितको सुखद बिदाइ गर्ने क्रममा सिमरन हेटमेयरले ७५ र गुरकिरात सिंहले ६५ रनको योगदान गरे। १ रन जोड्दा ओपनर पार्थिव पटेललाई गुमाएको बेैंगलोरले १८ रन जोड्दा कप्तान विराट कोहली र थप २ रन जोड्दा भरपर्दा ब्याट्सम्यान एबी डी भिलियर्सलाई पनि गुमाएपछि दबाबमा परेको थियो। चौथो विकेटका लागि हेटमेयर र सिंहले १ सय ४४ रनको साझेदारी गर्दै बंैगलोरलाई सहज जिततर्फ डो¥याएका थिए।

४७ बल खेलेका हेटमेयरले ४ चौका र ६ छक्का प्रहार गर्दा ४८ बलको सामना गरेका सिंहले ८ चौका र १ छक्का प्रहार गरे।

यस जितपछि १४ खेलमा ११ अंक जोडेको बंैगलोर सातांै स्थानमा उक्लिएको छ। हैदराबाद १२ अंकका साथ चौथो स्थानमा छ। चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स यसअघि नै प्लेअफमा प्रवेश गरिसकेका छन्। चौथो टोलीको टुङ्गो आइतबार हुने लिग चरणको अन्तिम खेलपछि मात्र लाग्नेछ। चौथो स्थानका लागि हैदराबाद र कोलकताबीच एक टोली पुग्नेछ। दुवै टोलीको समान १२ अंक छ। कोलकाताले मुम्बईलाई हराएमा टोली प्लेअफ प्रवेश गर्ने अन्तिम टोली बन्नेछ भने पराजित भएमा हैदराबाद रनरेटको आधारमा प्लेअफमा प्रवेश गर्नेछ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रनको योगफल तयार पारेको थियो। सनराइजर्सका कप्तान केन विलियम्सनले ७० र ओपनर मार्टिन गुप्टिलले ३० रनको योगदान गरे।

 

 

 

प्रकाशित: २३ वैशाख २०७६ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App