४ चैत्र २०८१ सोमबार
image/svg+xml १०:११ पूर्वाह्न
खेल

निस्ट सेमिफाइनलमा

आयोजक भक्तपुर निस्ट स्कुल ‘ए’ बुधबार तेस्रो निस्ट कपअन्तर्गत जुनियर गर्ल्स बास्केटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

लोकन्थलीस्थित घरेलु कोर्टमा निस्ट ‘ए’ ले माउन्ट भ्युलाई ३१–१८ ले पराजित गर्‍यो। सोही स्पर्धामा ओम ज्ञान मन्दिरले निस्ट ‘बी’ लाई १३–८ तथा आर्या एकेडेमीले सञ्जय साई विद्या मन्दिरलाई १४–१० ले हराउँदै सेमिफाइनल सुरक्षित गरे।

सिनियर ब्वाइजमा निस्टले जनप्रेमी वल्र्ड स्कुललाई ४१–२२ तथा राजश्री गुरुकुलले एभरेस्टलाई ४१–२५ ले पाखा लगाउँदै सेमिफाइनल स्थान पक्का गरे। जुनियर ब्वाइज फुटबलमा मल्पीले सञ्जय साईलाई ५–०, आर्या एकेडेमीले हाइली क्रिएटिभलाई टाइब्रेकरमा ३–१ र नेक्सस इन्टरनेसनल एकेडेमीले निस्टलाई १–० गोलले पन्छाउँदै सेमिफाइनल यात्रा तय गरे।

प्रकाशित: २२ फाल्गुन २०८१ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App