१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

काठमाडौंले टस जितेर कर्णाली विरुद्ध फिल्डिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा  काठमाडौं गुर्खाजले  कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्।

दोस्रो खेलका लागि मैदान उत्रदै गरेका दुबै टोली पहिलो जितको खोजीमा छन्। पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ र काठमाडौं गुर्खाज चितवन राइनोजसँग ५ विकेटले पराजित भएका थिए ।  

प्रकाशित: १९ मंसिर २०८१ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App