१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

पलेशा पेरिस पारालिम्पिक्सको क्वाटरफाइनलमा

पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धनले पहिलो चरणमा जित निकालेकी छन् ।  

के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा भेनेन्जुएलाकी भलेरिया मोराल्समाथि एकतर्फी जित निकाल्दै पलेशा क्वाटरफाइनलमा पुगेकी हुन् । उनले भेनेन्जुएलाकी भलेरिया ३१-० को फराकिलो अन्तरमा पराजित गरिन्।

विना कुनै दबाब पहिलो चरणको खेल जितेकी पलेशाले अब विश्व नम्बर एक खेलाडी ब्राजिलकी ब्राजिलकी फरनान कार्डोसोको सामना गर्नेछन्।  

पलेशाले छनोट चरण पार गरेर पेरिस पारालिम्पिक्समा स्थान पक्का गरेकी हुन्। उनको यो दोस्रो पारालिम्पिक्स सहभागिता हो।

प्रकाशित: १४ भाद्र २०८१ १६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App