४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ यू -२० नेपालको विजयी सुरुवात

साफ यू -२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै सुखद सुरुवात गरेको छ।

आइतबार  सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फमा भएको खेलमा आयोजक नेपालले श्रीलङ्कालाई १ - ० गोलले हराउँदै सुखद सुरुवात गरेको हो ।

नेपालका लागि निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निराजनले २४औं मिनेटमा गोल गरेका थिए। नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्ने छ।  श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्ने छ।

सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल सहित बङ्गलादेश र श्रीलङ्का रहेका छन् । समूह बी मा भारत,माल्दिभ्स र भुटान रहेका छन् ।

प्रकाशित: २ भाद्र २०८१ १७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App