१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भारत र श्रीलङ्काबीचको अन्तिम एकदिवसीय आज

भारत र श्रीलङ्काबीचको ३ खेलको एकदिवसीय अन्तर्गत बुधवार अन्तिम खेल हुँदैछ।

श्रीलङ्काको आर.प्रेमदासा स्टेडियममा हुने खेल दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ।

हालसम्म जारी सिरिजमा श्रीलङ्का १–० ले अघि छ। पहिलो खेल बराबरीमा टुङ्गिएको थियो भने दोस्रो खेलमा आयोजक श्रीलङ्काले भारतलाई ३२ रनले पराजित गरेको थियो।

बुधवारको खेलमा यदि श्रीलङ्काले जित निकाल्यो भने सिरिज उसकै हुनेछ भने भातरले जित निकालेमा सिरिज बराबरीमा सकिने छ।

रोहित शर्माको कप्तानीमा रहेको भारतीय टीमलाई बुधवारको खेल जित्नै पर्ने दबाब छ। आजको खेलमा भारतले जित निकाल्न नसकेमा सिरिज श्रीलङ्काको हातमा जानेछ। त्यसकारण टीम परिवर्तन भएर पनि भारत बुधवारको खेल जित्ने लक्ष्यसहित मैदान उत्रने छ।

उता टी–२० सिरिज गुमाइसकेको श्रीलङ्का चरिथ असलङ्काको कप्तानीमा एकदिवसीय सिरिजमाथि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ।

प्रकाशित: २३ श्रावण २०८१ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App