१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

युरोकप २०१४ः फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा आज बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो। यसअघि सन् २०१२ को फाइनलमा स्पेनले इटालीलाई ४–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।

त्यसपछिका दुई संस्करणमा स्पेन सेमिफाइनलभन्दा माथि उक्लिन सकेको थिएन। यसपटक प्रतियोगितामा अपराजित रहेको स्पेनलाई फाइनल पुर्‍याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेपनि प्रयाप्त हुन सकेन।

खेलको ९ औँ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता धेरै बेर टिकेन। २१औं मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए। पेनाल्टी बक्स बाहिरबाट उनले प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भएको थियो।

त्यसको चार मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्यो। स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ।

प्रकाशित: २६ असार २०८१ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App