२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

चेल्सी र छहारी स्कुललाई उपाधि

बोधी सदन सेकेन्डरी स्कुल कपनको आयोजनामा सम्पन्न अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि चेल्सी वल्र्ड स्कुल र छहारी स्कुल काठमाडौंले जितेका छन्।

कपन स्पोर्ट्स सेन्टरमा सोमबार सम्पन्न खेलमा जोरपाटीस्थित अत्तरखेलको चेल्सीले नितेन मेमोरियल सेकेन्डरी स्कुल टोखा र जोरपाटीको छहारीले आयोजक बोधी‍‍ सदनलाई पराजित गर्दै उपाधि जितेका हुन्।

चेल्सीले सडन डेथमा नितेन मेमोरियललाई ४–३ गोलअन्तरले पराजित गर्‍यो। खेलको पहिलो हाफमा साहिल तामाङले गोल गर्दै नितेन मेमोरियललाई सुरुआती अग्रता दिलाएका थिए। 

तर, दोस्रो हाफमा विमर्श बम ठकुरीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए। निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको छिनोफानो सडन डेथबाट गरिएको थियो। जसमा चेल्सीले बाजी मार्‍यो।

चेल्सीका आदित्य साह, पल्लव लामा, मानस सापकोटा र विमर्श बम ठकुरीले गोल गरे। नितेन मेमोरियलका सुमन सुनार, अर्जुन नेपाली र विवेक थापाले गोल गरे। नितेनका करण नेपालीको प्रहार चेल्सीका यशराज साहले बचाए।

अर्को खेलमा छहारीले बोधी सदनलाई २–० गोलअन्तरले पाखा लगायो । छहारीका डिक्की स्याङ्बो तामाङ र सविना घिसिङले समान एक गोल गरे। प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी विमर्श बम ठकुरी घोषित भए । उत्कृष्ट गोलरक्षक नितेन मेमोरियलका साजन दनुवार चुनिए।

महिलातर्फ उत्कृष्ट खेलाडी छहारीकी डिक्की स्याङ्बो तामाङ घोषित भइन्। उत्कृष्ट गोलरक्षक बोधी सदनकी अस्मिता खतिवडा चुनिइन्।

प्रतियोगितामा छात्रतर्फ ४८ तथा छात्रातर्फ २३ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रकाशित: ११ असार २०८१ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App