१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आईसिसी टी–२० विश्वकपः क्यानडाले आयरल्यान्डलाई हरायो

आईसिसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले आयरल्यान्डलाई हराएको छ ।क्यानडाले आयरल्यान्डलाई १२ रनले हराएको हो।  

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिममा भएको खेलमा टस हारेर पहिला व्याटिङ गरेको क्यानडाले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो।

जवाफमा आयरल्याडले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो र खेल १२ रनले हार्न पुग्यो।  

यस अघि क्यानडाको  पालोमा  सबैभन्दा वढि निकोलस किर्टन ४९ रन बनाए । त्यसैगरी श्रेयस मोव्वा ३७ , परगट सिंहले १८ तथा  आरोन जोन्सनले १४ रनको योगदान दिए।आयरल्यान्डका लागि ब्यारी म्याकार्थी र क्रेग यंगले दुई दुई विकेट लिए । मार्क एडेयर र ग्यारेथ डेलानी एक एक विकेट लिए ।

आयरल्याण्डको पालोमा सबैभन्दा मार्क एडेयरले ३४, जर्ज डकरेलले ३०, न्ड्रयू बालबर्नीले १७ तथा लोर्कन टकरले १० रन बनाए।    

क्यानडाका लागि जेरेमी गोर्डन र डिलोन हेलिगरले दुई दुई विकेट लिए । त्यसैगरी  साद बिन जफर र जुनैद सिद्दिकीले एक एक विकेट लिए ।  

क्यानडाले दुई खेलमा यो पहिलो जित निकालेको हो । क्यानडा पहिलो खेलमा आयोजक अमेरिकासंग पराजित भएको थियो । आयरल्याण्डको यो दोश्रो लगातार हार हो । पहिलो खेलमा आयरल्याण्ड भारतसंग पराजित भएको थियो । यस समूहमा अमेरिका दुई खेल जितेर शिर्ष स्थानमा छ । हिजो अमेरिकाले पाकिस्तानलाई हराएको थियो ।  

प्रकाशित: २५ जेष्ठ २०८१ २३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App