२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खेलाडीको स्वास्थ्य परीक्षण अवलोकन

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न ५ खेलका खेलाडी र प्रशिक्षकको स्वास्थ्य परीक्षणको शुक्रबार अवलोकन गरेका छन्।

खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको समन्वयमा भएको स्वास्थ्य परीक्षणअन्तर्गत खेलाडी तथा प्रशिक्षकको भिटामिन बी १२, भिटामिन डी, थाइराइड फङ्सन र इको जाँच गरिएको थियो।

मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक गरी ६० जना सहभागी छन्।

प्रकाशित: ८ वैशाख २०८१ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App