३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीच आज दोस्रो एकदिवसीय

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीच आज दोस्रो एकदिवसीय खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले बिहान ९ः ३० बजेबाट खेल सुरू हुनेछ।

तीन एकदिवसीय सिरिजको पहिलो खेलमा पराजित भएको नेपाल ‘ए’ लाई आजको खेल जित्नैपर्ने दबाब छ। यसअघिको दोस्रो टी–२० सिरिज गुमाइसकेको नेपाल ‘ए’ ले आजको खेलमा जित हात पार्न नसकेको यो सिरिज पनि गुमाउने छ।

पहिलो खेलमा १५८ रनको सामान्य लक्ष्य पाएपनि नेपाल २५.३ ओभरमा १३६ रनमात्रै बनाएर अल आउट भएको थियो।

एकदिवसीय सिरिजको अन्तिम खेल भने आइतवार हुनेछ।

प्रकाशित: २३ चैत्र २०८० ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App