५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

सुदीप, सुमन, विजेशको अग्रता

काठमाडौंका सुदीप तामाङ, सुमन लामा र भक्तपुरका विजेश राजकर्णिकारले मंगलादेवी सिंह स्मृति खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा अग्रता लिएका छन्।

काठमाडौं महानगरपालिका वडा–२७ को आयोजनामा अन्नपूर्ण उच्च माविमा शनिबार सम्पन्न पाँचौं चरणका खेल समाप्तिमा सुदीप, सुमन र विजेशले शीर्ष स्थानमा संयुक्त रूपमा चार अंकको अग्रता बनाएका हुन्।

सुदीपले तेस्रो चरणको खेलमा ललितपुरका कुमार महर्जनलाई र चौथो चरणको खेलमा नेपाल पूर्वच्याम्पियन नवीन तण्डुकारलाई हराएका थिए। सुमनले भने तेस्रो र चौथो चरणमा क्रमशः कान्तिपुर चेस क्लबका डिबी कार्की र सतीष शाहलाई पन्छाउन सफल भए। विजेशले चौथो चरणमा ललितपुरका राजु ताम्राकारमाथि जित निकाले।

उनले तेस्रो चरणमा ललितपुरकै अशोकमोहन श्रेष्ठलाई हराए। नेपाल पूर्वच्याम्पियन पुरुषोत्तम चौलागाईं, काठमाडौंका मिलन लामा, ललितपुरका सरोज महर्जन र राजन पुरीले दोस्रो स्थानमा रहेर यी तीनलाई पछ्याइरहेका छन्। पुरुषोत्तम, मिलन, सरोज र राजनको साढे तीन अंक छ।  

प्रकाशित: २७ फाल्गुन २०८० ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App