४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

हङकङविरुद्ध बलरको बिर्सनलायक प्रदर्शन, नेपालसामु २१३ रनको विशाल लक्ष्य

हङकङविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली बलरहरूले विर्सनलायक प्रदर्शन गरेका छन्। पावरप्लेमा कायम भएको दबाब त्यसपछि कायम राख्न नसक्दा हङकङले ६ विकेट गुमाएर २१२ रन जोडेको छ। ६ विकेटमध्ये दुई विकेट अन्तिम ओभरमा आकाश चन्दले लिएका हुन्।  

हङकङका तर्फबाट ब्याटर बाबर हयातले शतक प्रहार गरे। उनले ४९  बलमा ११० रनको योगदान दिँदा अंशुमन राठले ३९, एयजाज खानले ११ बलमा २१ रनको योगदान दिए।

नेपाली बलरहरूमा डेब्यु बलर आकाश चन्दले तीन विकेट लिनुबाहेक अन्यको खास्सै उल्लेख्य योगदान रहेन। आकाशले तीन ओभरमा २७ रन खर्चिए।

यस्तै प्रतिश जिसी थोरै सस्तो रहेर ४ ओभरमा २९ रन खर्चिएर एक विकेट, आरिफ शेखले ३ ओभरमा ३७ रन खर्चिएर एक विकेट, रसिद खानले ३ ओभरमा ४८ रन खर्चिएर एक विकेट लिए। सागर ढकालले तीन ओभरमा ३८ रन खर्चिए।

प्रकाशित: २६ फाल्गुन २०८० १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App