२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

छोटो कदकी अग्ली फुटबलर

प्रीति राई, यो नाम पछिल्ला समय हरेक खेलप्रेमीमाझ प्रिय छ। उनको परिचय हो, उदयीमान महिला फुटबलर । छोटो कदकी प्रीतिको सफलता उचो छ। उनमा लोभलाग्दो फुटबल कौसल छ। त्यसैले त उनलाई १५ वर्षकै उमेरमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरायो। 

सानै उमेरदेखि नेतृत्व गर्न सक्ने कौशल पनि उनमा थियो । पछि प्रीति नेपाली यु–१९ महिला फुटबल टोलीकी कप्तानी बनिन्। उनी मध्यम परिवारकी हुन्। उनकी आमा ज्ञानमाया राई चिया पसल चलाउँछिन्। बुबा ज्ञानप्रसाद राई पनि ट्रेकिङ क्षेत्रमा काम गर्छन्। राई परिवारको स्थायी घर सोलुखुम्बु हो।

तर, प्रीति काठमाडौंको कपनमा जन्मिन्, त्यही हुर्किइन्। कपनका गल्ली र हिला मैदानमा उनको जुझारु फुटबल शैलीले सबैलाई मोहित गर्दथ्यो। कपनकै शारदा एकेडेमीबाट प्रीति एसइई उत्तीर्ण गरिन्। फुटबलसँगै उनले पढाईलाई अगाडि बढाइन्। १९ वर्षे प्रीति अहिले ब्याचलर दोस्रो वर्षमा अध्ययनरत छिन्। शारदाकै प्रिन्सिपल झबी राईले प्रीति ४/५ पढ्दा देखि नै नेपाली फुटबलमा पुग्न सक्ने उनमा क्षमता देखे। किनकी प्रीतिको फुटबल खेल्ने शैली र जुझारुपनले धेरै त्यस्तै संकेत पनि गथ्र्यो।  

सानै उमेरमा सिनियर दाईहरूसँग भिडेर फुटबल खेल्ने प्रीतिको शैलीले धेरै सम्भावना देखाउँथ्यो। पछि शारदाका प्रिन्सिपल झबिले ०७४ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) भएको नेपालको यु–१४ छनोटसम्म पुर्‍याए। प्रीति छनोट पनि भइन्। त्यहाँबाट प्रीतिले कहिल्यै पछाडि फर्कर हेर्नु परेन। त्यो सम्भावना देशभित्र मात्र सीमित भएन। १९ वर्षमै प्रीति विदेशी भूमिमा व्यावसायिक फुटबल खेल्न सफल भइन्। अहिले उनी भारतीय महिला लिग (आइ लिग) क्लब किक स्टार्टबाट पनि खेल्छिन्।  

केही हप्ता अगाडि साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनसिपमा उनले सर्वत्र प्रंशसा र चर्चा बटुलिन्। मिडफिल्डमा उनको जादुमयी फुटबल खेल्ने शैलीले नेपाल फाइनलसम्म पुग्यो। सेमिफाइनलमा लेबनानविरुद्ध अन्तिम समयमा प्रीतिको लोभलाग्दो गोल पश्चिम एसियाली फुटबल क्षेत्रमा धेरै चर्चा पनि कमायो। तर, फाइनलमा उनी घाइते भएपछि खेलले नयाँ मोड लियो र नेपाली महिला फुटबलले पहिलो ऐतिहासिक उपाधि जित्ने अवसर पनि गुमायो।  

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

प्रकाशित: २५ फाल्गुन २०८० ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App