५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

आहारारा गोल्डकपः पुलिसमाथि चर्च ब्वाइजको कठिन जित

मंगलबार चर्च ब्वाइज र नेपाल पुलिसबीचको प्रतिश्पर्धा। तस्बिरः उमेश पुन

आहारारा गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लव पनि निकै नै सफल टिम मानिन्छ। तर, मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लवलाई १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ।  

चर्च ब्वाईजसँग नेपाल पुलिससँगको लगातार दोश्रो वर्षको हार हो। अघिल्लो वर्ष २२ औं संस्करणमा पनि यिनै टिम भेट्दा पहिलो खेलमै चर्च ब्वाइजले पुलिसलाई २–१ ले पराजित गरेको थियो। खेलको ७२ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तामाङको त्यही गोल नै टिमको जितका लागि काफि रह्यो।  

नेपाल पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बिकबीच तालमेल नमिल्दा पुलिसले हार खेप्नुप¥यो। अघिल्लो वर्ष पहिलो भेटमा खेपेको हारको बदला यो संस्करणमा लिने अवसर पुलिसले चुकायो। दिपेन्द्र बल रोक्न गइरहँदा शत्रुघन बल बचाउन अघि बढिरहेका थिए। तर उनीहरुको तालमेल अभावमा चर्च ब्वाइजका समिर तामाङले बल अघि बढाउँदै पेनाल्टी बक्समा पु¥याएर खाली पोष्टमा ढुक्कले गोल गरे।  

नेपाल पुलिस क्लवले आहारारा गोल्डकपमा अहिलेसम्म २२ मध्ये २१ पटक खेलेको छ। आहारारामा पुलिस ११ पटक फाइनलमा खेलेको टिम हो। जसमा मनाङसँगै सर्वाधिक ६ पटक उपाधि जितेको छ। पुलिसले २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट भएको पहिलो संस्करण नै जितेको थियो भने २०६४ देखि २०६६ सम्म लगातार तीनपटक उपाधि जितेर ह्याट्रिक पनि गरेको थियो। पछिल्लोपटक पुलिसले २०७४ सालमा उपाधि जितेको थियो। शहीद स्मार ए डिभिजन लिगको पछिल्लो संस्करणको विजेता चर्च ब्वाइज लगातार दोस्रोपटक आहारारा खेलेको हो। गतवर्ष चर्च ब्वाइज सेमिफाइनलसम्म पुगेको थियो।  

२३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा चर्च ब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन्। अब चर्च ब्वाइजले विहीबार त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्नेछ। पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १६ माघ २०८० ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App