२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कर्णाली प्रदेशमा ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न

कर्णाली प्रदेशमा ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न भएको छ।कर्णाली प्रदेश ब्याडमिन्टन संघको आयोजना, कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा सुर्खेत जिल्ला ब्याडमिन्टन संघको समन्वय र नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको चार दिने ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न भएको हो।

निर्णायक तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ६ महिला र २९ पुरुष गरि ३५ प्रशिक्षार्थीहरुको सहभागिता रहेको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नविन विक्रम शाहले जानकारी गराए।प्रशिक्षार्थीहरुलाई ब्याडमिन्टन एशियाका निर्णायक तथा नेपाल ब्याडमिन्टन संघका सदस्य दीपक थापा र राष्ट्रिय रेफ्रि एवं अन्तराष्ट्रिय निर्णायक किरण कारञ्जितले प्रशिक्षण प्रदान गरेका थिए।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले उद्घाटन गरको तालिममा दिक्षित निर्णायकहरुलाई कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जि.सी ले प्रमाण पत्र वितरण गरेका थिए।कर्णाली प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष टक्क बहादुर शाही (आजीवन)को सभापतित्वमा भएको समापन कार्यक्रममा बिशेष अतिथीको रुपमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव संज्यालको उपस्थिती रहेको थियो।

प्रकाशित: २२ पुस २०८० १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App