१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

प्रम कप क्रिकेट: लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको लक्ष्य

राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि एक सय ३४ रनको लक्ष्य दिएको छ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनायो। लुम्बिनीका लागि सरस्वती गङ्गा मगरले सर्वाधिक ५३ रनको योगदान दिइन्। उनले ६२ बल खेल्दै सात चौकाको मद्दतमा ५३ रनको योगदान दिएकी हुन्।

त्यस्तै अस्मा पुलामी मगरले २५ रन जोडिन्। उनले २५ बल खेल्दै तीन चौकाको मद्दतमा २५ रन जोडेकी हुन्।

त्यसैगरी चमेली चौधरीले २२ बलमा दुई चौकाको सहायताले १८ रन बनाइन्। लक्ष्मी चौधरीले चार रन बनाइन् भने सरस्वती पुन र सुस्मिता बजगाइले समान तीनतीन रन बनाए।

बलिङतर्फ कर्णालीका यमुना थारु, रश्मि खड्का र त्रिसना विश्वकर्माले समान एकएक विकेट लिए। कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

प्रकाशित: ९ पुस २०८० ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App