२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः आज सर्पोटिङ्ग इलाम र ललितपुर भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ।

दशरथ रङ्गशालामा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

यसअघि मङ्गलवारका लागि तय भएको इलाम र ललितपुरबीचको खेल त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहका कारण आजका लागि सारिएको हो।

ललितपुरले हालसम्म ६ खेल खेलेको छ। जसमा २ मा जित र ४ बराबरी गर्दै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ। ललितपुरभन्दा एक खेल बढी खेलेको नवप्रवेशी इलाम १ मा जित, २ मा बराबरी र ४ खेलमा पराजित भएर अङ्क तालिकाको पुछारमा रहेको छ।

आजै साँझ हुने अर्को खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच खेल हुनेछ। बुटबल र पोखराबीचको खेल साँझ ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ।

प्रकाशित: ३ पुस २०८० ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App