२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः नव प्रवेशी इलाम र वीरगञ्ज भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजेबाट सुरु हुनेछ।

जारी प्रतियोगितामा नव प्रवेशी दुबई टोलीले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। हालसम्म ५ खेल खेलेको इलामले १ मा जित १ मा हार र ३ खेल बराबरीमा टुङ्ग्याउँदै ४ अङ्क जोडेको छ। र, अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

वीरगञ्ज युनाइटेडले हालसम्म ४ खेल खेलेकोमा एकमा पनि जित हात पार्न सकेको छैन। वीरगञ्ज २ खेलमा पराजित भएको छ भने २ खेल बराबरी गर्दै २ अङ्क जोडेर तालिकाको पुछारमा रहेको छ।    

आजको खेलमा वीरगञ्ज आफ्नो पहिलो जितको खोजीमा रहने छ भने इलाम अङ्क जोड्दै माथि उक्लिन चाहन्छ।

प्रकाशित: २७ मंसिर २०८० ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App