३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

मधेसको जित

सुदूरपश्चिम प्रदेशमाथि मधेस प्रदेशले ८ विकेटको जित निकालेको छ। सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले दिएको ५८ रनको लक्ष्य मधेसले २ विकेट गुमाएर ९२ बल बाँकी रहँदै पूरा गर्‍यो।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा टस जितेको सुदूरपश्चिमले १५.५ ओभर खेल्दै ५८ रनमा सबै विकेट गुमायो।

६ जना ब्याटरबाट दोहोरो अंकको रन बनाउन चुकेको सुदूरलाई किरण ठगुन्नाले १० रन बनाउँदै उकास्ने सम्भावना देखाए। तर उनी पनि अनिल साहको बलमा आउट भए। वसन्त खत्री १ र नारायण जोशी ३ रनमा फर्किए।

नरेश साउदले १८ रनको योगदान दिदाँ भोजराज भाट भने १० रनमै आउट भए। मधेसका हरिशंकर साहले ४, रूपेश सिंहले ३ विकेट लिए। हरिंशकर साह शून्यमै आउट भएपछि दबाबमा परेको मधेसलाई अनिल साहले जितको आधार तयार पारिदिए।  

प्रकाशित: १२ मंसिर २०८० ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App