२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

पेनाल्टीमा लिपजिग पराजित

नाबी केइटालार्इ राताे कार्ड देखाउँदै रेफ्री । तस्बिर : एजेन्सी

बर्लिन – बायर्न म्युनिखले १० जनामा सीमित भएर खेलको अन्त्य गरेको आरबी लिपजिगमाथि पेनाल्टी सुटआउटमा जित हासिल गर्दै जर्मन कपको तेस्रो चरणमा स्थान पक्का गरेको छ। 

स्टार स्ट्राइकर टिमो वेर्नेरले अन्तिम पेनाल्टी खेर फालेपछि लिपजिगले सुटआउटमा ५–४ को हार स्विकारेको थियो । खेल सकिन आधा घन्टाभन्दा बढी समय बाँकी रहँदा लिपजिगका नाबी केइटाले दोस्रो पहेंलो कार्ड सामना गर्दै मैदान छोडेपछि इमिल फोर्सबर्गले टोलीलाई ६८औं मिनेटमा अग्रता दिलाएका थिए । बायर्नका थियागो अल्कान्टाराले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयका साथै अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल निर्णयार्थ टाइब्रेकरमा धकेलिएको थियो । जहाँ बायर्नले सबै पाँच पेनाल्टीमा गोल ग¥यो भने लिपजिगका २१ वर्षे स्टार वेर्नेरको प्रहार विपक्षी गोलकिपर स्येन उल्रिचले बचाए। 

‘मैले टोलीको जितमा योगदान गर्न सकेँ । मेरा लागि यो निकै ठूलो खुृसीको विषय हो,’ घाइते म्यानुअल नुयुरको विकल्पका रूपमा पोस्ट सम्हालेका उल्रिचलेभने। 

बायर्नले घरेलु बुन्डेसलिगाको खेलका लागि यसै साता दोस्रो पटक लिपजिगसँग खेल्दै छ । बुन्डेसलिगा अंकतालिकाको दोस्रो स्थानमा रहेको बायर्न र एक अंकको कमीका साथ तेस्रो स्थानमा रहेको लिपजिगबीच शनिबार बायर्नको एलियान्ज एरिनामा भेट हुनेछ। 

‘केइटाको रातो कार्ड यो रोमाञ्चक खेलमा लज्जाको विषय हो । तथापि मेरा केटाहरूले आफ्नो प्रदर्शनमा गौरव गर्नुपर्छ । केइटाको रातो कार्डका बावजुद केटाहरू निराश भएनन्, ध्यान अन्यत्र मोडेनन् । अन्तिम समयसम्म पनि मेरा खेलाडीले शतप्रतिशत मिहिनेत गरे । तर त्यसको फल भने मिल्न सकेन,’ लिपजिगका प्रशिक्षक राल्फ हासेनहटलले भने ।
जर्मन कपको दोस्रो चरणअन्तर्गत बुधबारै चाँडो गरी सम्पन्न खेलमा कोलोग्नले हार्था बर्लिनलाई उसकै मैदानमा ३–१ ले स्तब्ध पा¥यो । जर्मन बुन्डेसलिगाको पुछारमा रहेको कोलोग्नलाई अवे खेलमा जित दिलाउन सिमोन जोलर, डोमिनिक मारोह र क्रिस्टियन क्लेमेन्सले गोल गरेका थिए। 

बुन्डेसलिगाकै दुई टोलीबीच भएको अर्को खेलमा फेलिक्स उडोखाईले गोल गरेपछि उल्फसबर्गले ह्यानोभर ९६लाई १–० को नतिजामा निराश पार्‍यो । वेर्डेर ब्रेम्यानले होफेनहेइममाथि पनि त्यही नतिजामा जित हासिल गर्दा इशाक बेल्फोडिलले गोल गरे। 

यसै गरी फ्रेइबर्गले डिनामो ड्रेस्डेन तथा भिएफबी स्टुटगार्टले काइजर्सलौटनलाई ३–१ को समान नतिजामा हराउँदा नुरेमबर्गले ओस्नाब्रुइकलाई ३–२ तथा एफसी हेडेनहेइमले यान रेजेन्सबर्गलाई ५–२ ले पराजित गरे। 

‘केइटाको रातो कार्डका बावजुद केटाहरू निराश भएनन्, ध्यान अन्यत्र मोडेनन् । अन्तिम समयसम्म पनि मेरा खेलाडीले शतप्रतिशत मिहिनेत गरे । तर त्यसको फल भने मिल्न सके ।’

प्रकाशित: १० कार्तिक २०७४ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App