२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नसीमलाई बाहिर राख्दै पाकिस्तानद्वारा विश्वकप क्रिकेट टिमको घोषणा

विश्वकप क्रिकेटका लागि पाकिस्तानले अन्तिम टोलीको घोषणा गरेको छ। आगामी अक्टुबर ५ तारिखबाट भारतका विभिन्न सहरमा हुने विश्वकप क्रिकेटका लागि पाकिस्तानले १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले विश्वकप क्रिकेटका लागि बाबर आजमको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। नयाँ घोषित टोलीमा चोट लागेका नसीम शाहलाई हटाएर हसन अलीलाई स्थान दिइएको छ।

पाकिस्तानी टोलीमा कप्तान बाबरसहित शादाब खÞान (उप–कप्तान), अब्दुल्लाह शफीक, फखर जमान, हारिस राउफ, हसन अली, इफ्तिखार अहमद, इमाम–उल–हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेट कीपर), मोहम्मद वसीम, सलमान अली आगा, सऊद शकील, शाहीन शाह आफरीदी, ओसामा मीर रहेका छन्।

विश्वकप क्रिकेटमा पाकिस्तानले ६ अक्टुबरमा आफ्नो पहिलो म्याच नेदरल्यान्ड्रसविरुद्ध खेल्नेछ।  

प्रकाशित: ५ आश्विन २०८० ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App