३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टनमा रजत पदक जितेका अभयलाई सम्मान

गत भदौ ५ मा काठमाडौँमा सम्पन्न दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिलवस्तुका अभय महरालाई जिल्लामा स्वागत एवं सम्मानित गरिएको छ।  

कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले महरालाई वडा कार्यालय आयोजित एक समारोहकाबीच सम्मानित गरेको हो। वडा अध्यक्ष जाहिद खाँले टीका, खादा ओढाउदै, प्रंसशा पत्र तथा बुद्ध मुर्ति हस्तान्तरण गरी सम्मानित गरेका हुन्। सो अवसरमा वडा अध्यक्ष खाँले कक्षा १० अध्यन गरेपछि नै युवाह वैदेशिक रोजागरीमा जाने चलन भएको बेला अभयले भने स्वादेश र जिल्ला मै बसेर खेलाडीका रुपमा देश र जिल्ला कै शिर उचो बनाएको बताए।  

उनले अभय सहिका सबै खेलाडीहरूलाई तीनै तहको सरकारले लगानी गरी उत्साह बढाउनु पर्ने बताए। सो अवसरमा अयभका बुवा एडीशन महरा, हजुरबुबा वसन्त महरालाई समेत खादा ओढाएर सम्मानित गरिएको थियो।  

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजशे कुमार पाण्डेय, तिलौराकोट साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेय, पत्रकार महासङघ जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, प्रेस युनियनका केन्द्रिय सदस्य नाराद कोहार लगायतको सहभागीता थियो।  

अभयलाई जिल्ला ब्याडमिन्ट सङ्घले शनिवार बिहान, कपिलवस्तु नगरपालिकाले आउने आइतवार सम्मान गर्ने कार्यक्रम राखेको छ। कपिलवस्तुका ब्याडमिन्टन खेलाडी अभय महराको जोडीले दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेको थियो।  

सशस्त्र प्रहरी बलको हलचोक स्थित कबर्डहलमा मंगलबार सम्पन्न फाईनल खेलमा नेपालका खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक जितेको थियो।  

प्रकाशित: १५ भाद्र २०८० ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App