२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

भ्याली पब्लिक र जेसिस सेमिफाइनलमा

भ्याली पब्लिक र जेसिस बिहीबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भ्याली पब्लिकले काष्ठमण्डप विद्यालयलाई ४३–२४ ले पराजित गर्यो।  

भ्याली पब्लिकको जितमा लोरिशा गौचनले २० अंक योगदान गरिन्। स्मृतिको १० अंक सहयोगमा जेसिसले महामञ्जुश्रीलाई २१–१० ले हरायो। जुनियर ब्वाइजमा एन्जल्स हार्टले सेबलाई ३१–२३ ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गर्यो। एन्जल्स हार्टका लागि रूपेश पौडेलले २५ स्कोर गरे। सिनियर ब्वाइजमा जेनिथ, ग्रिनल्यान्ड र जेबी इङ्लिस स्कुलले सेमिफाइनलमा स्थान सुरक्षित गरे। जेनिथले पिपुल्स एकेडेमीको यात्रामा ५०–३४ ले पूर्णविराम लगायो। जेनिथका रोनिश लामाले १४ अंक जोडे। ग्रिनल्यान्डले हेम्सलाई ६७–५१ ले पन्छायो। ग्रिनल्यान्डका प्रवीण गुरुङले २७ अंक बटुले। जेबीले ब्राइट होराइजनमाथि ६१–५९ को कठिन जित दर्ता गर्यो। जेबीका विकास डंगोलले २४ स्कोर गरे।

प्रकाशित: ८ भाद्र २०८० ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App