४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

इङ्ल्यान्ड हार टार्न असफल

कप्तान बेन स्टोक्सले शतक प्रहार गरे पनि इङ्ल्यान्ड अस्ट्रेलियाविरुद्धको एसेज टेस्ट शृंखलाको दोस्रो टेस्टमा हार टार्न असफल भएको छ।  

अन्तिम दिन जोनी बेयस्र्टाेको विवादास्पद बहिर्गमनले विवादित बनेको दोस्रो टेस्टमा ४३ रनले जित निकाल्दै अस्ट्रेलियाले ५ टेस्टको शृंखलामा २–० को अग्रता लिएको छ। अस्ट्रेलिया २२ वर्षपछि इङ्ल्यान्डको घरेलु भूमिमा एसेज टेस्ट शृंखला जित्ने लक्ष्यमा रहेको छ। स्टोक्सले १ सय ५५ रन जोडे। जितका लागि ३ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २ सय २७ रनमा अलआउट भयो। क्यामरन ग्रिनको बाउन्सरपछि क्रिज छोडेका बेयस्र्टाेलाई विकेटकिपर एलेक्स क्रेले रनआउट गरेका थिए। बेयस्र्टाे पवेलियन फर्किएसँगै इङ्यान्डका समर्थकले अस्ट्रेलियाली टोलीविरुद्ध नारा लगाएका थिए।  

टिभी अम्पायार मारियास इरामसले बेयस्र्टाेविरुद्ध निर्णय दिँदा इङ्ल्यान्ड १९३–६ को स्थितिमा थियो। अस्ट्रेलियाका कप्तान प्याट कमिङ्ससामु सो अपिल फिर्ता लिने अवसर भए पनि उनले मौन बस्तै फिर्ता भने लिएनन्। बेयस्र्टाे पवेलियन फर्किएसँगै  

इङ्ल्यान्डका समर्थकले सन् २०१८ मा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध गरेको बल टेम्परिङको घटनापछि विश्व क्रिकेटमा यो सबैभन्दा लज्जास्पद निर्णय भएको भन्दै नारा लगाएका थिए। बेयस्र्टाेको बर्हिगमनपछि क्रिजमा आएका स्टुवार्ट बोर्डले क्रेलाई भनेका थिए, ‘यो घटनाका कारण विश्व क्रिकेटले तिमीलाई सधैंभर सम्झनेछ।’  

तर मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) का प्रवक्ता तथा लर्ड्सका मालिकले भने बेयस्र्टाेलाई रनआउट दिने निर्णय ठीक भएको बताएका थिए।

अस्ट्रेलियाली टोलीका प्रवक्ताले लन्च ब्रेकमा आफ्ना खेलाडीमाथि एमससिसीका सदस्यले अपशब्द प्रयोग गरेको दाबी गरेका थिए। स्टोक्सले पनि बेयस्र्टाेलाई आउट दिने निर्णय सही भए पनि अस्ट्रेलियाली खेलाडीको व्यवहारले भने आश्चर्यमा परेको बताए। ‘यो तरिकाले पनि खेल जितिन्छ ? एउटा खेलाडीलाई विवादमा तानेर कुनै पनि टोलीलाई फाइदा पुग्दैन,’ स्टोक्सले भने।

अस्ट्रेलियाका कप्तान कमिङ्सले बेयस्र्टाे पवेलियन फर्किएको घटना दर्शकको उत्तेजित व्यहारका कारण विवादमा तानिएको बताए। ‘जोनी बेयस्र्टोले प्रत्येक बलमा क्रिज छोडिरहेका थिए,’ कमिङ्सले भने, ‘कुनै पनि खेलाडीलाई क्रिज छोड्ने छुट हुँदैन। त्यसैले हामीले उनीविरुद्ध अपिल गरेका थियांै र त्यसमा सफल पनि भयौं।’

अस्ट्रेलियाले पहिलो इनिङमा ४ सय १६ रन जोडेको थियो भने इङ्ल्यान्ड ३ सय २५ रनमा सीमित भएको थियो। अस्ट्रेलियाले पहिलो इनिङमा इङ्ल्यान्डमाथि ९१ रनको अग्रता लिएको थियो। दोस्रो इनिङमा अस्ट्रेलियाले २ सय ७९ रन जोडेसँगै इङ्ल्यान्डले जितका लागि ३ सय ७१ रनको लक्ष्य पाएको थियो।  

प्रकाशित: १९ असार २०८० ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App