४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससंग पराजित

मैत्रीपूर्ण  फुटबल खेलमा नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्ससँग पराजित भएको छ। 

भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारीका क्रममा फिलिपिन्स गएको नेपाली टोलीले आज फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भएको खेलमा घरेलु टोलीसंग १-०  गाेलले पराजित भएको हो।  पहिलो हाफ विना कुनै गोल बराबरीमा रहेको नेपाल दोश्रो हाफमा गोल खाएर हार्न पुगेको हो ।

भारतको बेंगलुरुमा आयोजना हुने साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ।यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्। यस पटक कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्ने छन्।

प्रकाशित: ३२ जेष्ठ २०८० १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App