३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

जावलाखेलको शीर्ष सम्भावना कमजोर

पहिलो चरणको समाप्तिमा शीर्ष स्थानमा बस्दै क्लब इतिहासकै सर्वाधिक सफल नतिजा निकाल्ने संकेत गरेको जावलाखेल युथ क्लब पछिल्लो केही खेलमा लगातार जितविहीन बनेसँगै सहिद स्मारक ‘ए’डिभिजनको उपाधि सम्भावना कमजोर बनेको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न दोस्रो खेलमा जावलाखेलले २–० ले पछि परेको स्थितिमा संकटासँग २–२ को बराबरी खेल्दै हारको संकट टारेको हो। जावलाखेलले अंक बाँडेको यो लगातार तेस्रो खेल हो। पछिल्लो खेलमा अग्रता जोगाउन नसक्दा सुनीलकुमार श्रेष्ठको टोली न्युरोड टिम (एनआरटी) सँग १–१ को बराबरीमा रोकिएको थियो। पहिलो चरणको समाप्तिमा शीर्ष स्थानमा रहेको जावलाखेलको २३ अंक रहेको थियो। दोस्रो चरणको सुरुआती दुई खेलमा क्रमशः नेपाल पुलिस क्लबलाई २–१ र एफसी खुमलटारलाई ४–२ को नतिजा सुम्पिएको जावलाखेलले १६आंैं खेलमा हिमालयन शेर्पालाई १–० र १७औ खेलमा फ्रेन्ड्स क्लबलाई ४–१ ले हराएको थियो। जावलाखेलले १८औं खेलदेखि भने जितलय भेट्टाउन सकेको छैन। दोस्रो चरणमा ७ खेलको समाप्तिमा जवालाखेलले २ खेल जितेको छ भने तीन खेल बराबरीमा टुङ्ग्याएको छ। दुई खेलमा भने जावलाखेल निराश भएको छ। लगातारको खराब प्रदर्शनसँगै जावलाखेलको उपाधि सम्भावना कमजोर बनेको हो।

२० खेलमा ३३ अंक जोडेको जावलाखेल तेस्रो स्थानमा झरेको छ। समान खेलमा ३४ अंकसहित मच्छिन्द्र दोस्रो स्थानमा उक्लिएको छ। जावलाखेल शीर्ष स्थानको चर्च ब्वाइजभन्दा ३ अंकले पछि छ। चर्च ब्वाइजले जावलाखेलभन्दा एक खेल कम खेलेको छ। ४३औं मिनेटमा आयुष घलानले गरेको गोलमा संकटाले अग्रता लिएको थियो। ७३औं मिनेटमा चन्दनकुमार दासले गोल गर्र्दै संकटाको अग्रता दोब्बर पारेका थिए। त्यसको चार मिनेटपछि एनकोटो मासुबीको गोलमा जावलाखेलले खेलमा फर्कने संकेत गरेको थियो। खेल सकिन ४ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी समीरराज थोकरले गोल गर्दै जावलाखेलको हारको संकट टारेका थिए।

सहज अग्रतापछि पनि अ्रंक बाँड्न बाध्य भएको संकटा २० खेलमा २३ अंकसहित ११औं स्थानमा छ। आइतबार साबिकको विजेता मच्छिन्द्र फुटबल क्लबले भने च्यासल फुटबल मैदानमा न्युरोड टिम (एनआरटी) माथि २–० को जितसहित शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँगको दूरी २ अंकमा झारेको थियो। १०औं स्थानको एनआरटीको भने २३ अंक छ। ३९औं मिनेटमा ओलावालेको गोलमा मच्छिन्द्रले अग्रता लिएको थियो। जारी लिगमा ओलावालेको यो १४औं गोल हो। इन्जुरी समयमा सौरभले गरेको गोलमा मच्छिन्द्रले अग्रता दोब्बर पारेको थियो।  

दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा मनाङ मस्र्याङ्दी फुटबल क्लब भने एपिएफसँग २–२ को बराबरीमा रोकिएको छ। आठौं स्थानको मनाङको २० खेलमा २४ अंक छ भने नवौं स्थानमा उक्लिएको एपिएफको समान खेलमा २३ अंक छ। 

प्रकाशित: ८ जेष्ठ २०८० ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App