१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

भारी वर्षाले ‘ए’ डिभिजन लिगका खेल प्रभावित

काठमाडौं उपत्यकामा अचानक भएको भारी वर्षासँगै शनिबारलाई तय भएका सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल प्रभावित भएका छन्।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि भारी वर्षा र चट्याङका कारण खेल स्थगित भएको हो।

आर्मी र हिमालयन शेर्पा खेल स्थगित हुनुअघि १–१ को बराबरीमा खेलिरहेका थिए। आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाविरुद्ध अग्रता दिलाएका थिए। तर ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिक मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

काठमाडौं उपत्यकामा अचानक भएको भारी वर्षासँगै शनिबारलाई तय भएका सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल प्रभावित भएका छन्।

७२औं मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ। अब दुईटोली बीच भिडन्त आइतबार हुनेछ। आइतबार ७२ मिनेटपछि खेल एन्फा कम्पलेक्समा दिउसो ४ः३० बजेबाट सुचारु हुनेछ।

लिग अन्तर्गत शनिबारकौ अर्को खेल संकटा र जावलाखेल युथ क्लबको खेल पनि वर्षाका कारण स्थगित भएको छ। पहिलो हाफमा जावलाखेल १–० ले अगाडि रहेको थियो।

७२औं मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ। अब दुईटोली बीच भिडन्त आइतबार हुनेछ।

५० मिनेटको खेलपछि रोकिएको जावलाखेल र संकटाको खेल आइतबार दिउसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ। यस्तै दरशथ रंगशालामो चर्च ब्वाईज र मनाङ मस्र्याङ्दीबीचको खेल आइतबार नै खेलाइने भएको छ। खेल एन्फा कम्प्लेक्समा सवा तीन बजेबाट सुरु हुनेछ।  

प्रकाशित: १७ वैशाख २०८० ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App