२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

तीन माग राख्दै सन्दीपले दिए सर्वोच्चमा पुनरावेदन, पेसी भोलि

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालत पाटनविरुद्ध पुनरावेदन दर्ता गराएका छन्। बिहीबार अपराह्न साढे ४ बजे सर्वोच्च अदालत गएर पुनरावेदन दर्ता गराएका हुन्। 

उच्च अदालत पाटनेले सन्दीपलाई २० लाख धरौटी र १० सर्त सहित पुस २९ गते रिहा भएका थिए। अदालतले दिएको १० सर्तमा राहदानी रोका गरेको हुनाले सन्दीप युएईमा हुने लिग २ को खेलमा समावेश छैनन्। उक्त विषयलाई लिएर आज सन्दीपले सर्वोच्च अदालतमा पुनरावेदन दिएका हुन्। 

सन्दीपका वकिल सरोज कृषण घिमिरेले आज निवेदन दर्ता गराएको र भोलि पेसी तोकिएको नागरिक न्युजलाई जानकारी दिए। 

उनले भने, ‘हामीले आज सर्वोच्च पुगेर विदेश भ्रमणको रोक फुकुवा गर्न, धरौटी रकम अत्यधिक भएकाले घटाउन तथा विभिन्न सञ्चार माध्यमले दोषी ठहर नहुँदै आफ्नो गोपनीयता उल्लंघन गरी अपराधिका रुपमा चित्रित गरिएको विषयलाई लिएर पुनरावेदन दिएका हौँ।’

सरकारी पक्षले पनि उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको थियो। उक्त पुनरावेदनको पेसी भोलिलाई तोकिएको छ। सन्दीपका वकिलले उक्त पुनरावेदनसँगै आफूहरूको निवेदनमा सुनवाइ हुनुपर्ने माग गरेका छन्। यदि सन्दीपको माग सुनुवाइ गर्दै भोलि सर्वोच्चले विदेश भ्रमणको रोक हटायो भने उनी युएई जान पाउँने छन्। 

प्रकाशित: ११ फाल्गुन २०७९ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App