१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

अष्ट्रेलियाका फिन्चले लिए अन्तर्राष्ट्रिय टी-२० क्रिकेटबाट सन्यास

अष्ट्रेलियाका क्रिकेटर आरोन फिन्चले टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

अष्ट्रेलियाको टी-ट्वान्टीका पूर्व कप्तान समेत रहेका फिन्चले ३६ वर्षको उमेरमा मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। उनले बिग बास लगायत अन्य घरेलु लिगहरु भने खेल्नेछन्।

अष्ट्रेलियाका लागि फिन्चले १०३  टि-ट्वान्टी खेल खेले, जसमा ७६ खेलमा उनले कप्तानी गरे। टि-ट्वान्टीमा उनले ३ हजार १२० रन बनाएका छन्।

फिन्चले सन् २०२१ मा दुबईमा न्युजिल्याण्डलाई हराएर पहिलो पटक टी-२० विश्वकपको उपाधि जिताउन कप्तानी गरेका थिए।

प्रकाशित: २४ माघ २०७९ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App