१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले शीर्षस्थानमा रहेको आर्सनललाई पराजित गरेको छ।  

गुडिसन पार्कमा शनिबार राति भएको खेलमा आर्सनल घरेलु टोली एभर्टनसँग १-० ले स्तब्ध बनेको हो। एभर्टनको जितमा दोस्रो हाफमा जेम्स तार्कोवस्कीले गरेको गोल नै निर्णायक बन्यो।

६०औं मिनेटमा जेम्स तार्कोवस्कीले गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाए। उनले ड्वाइट म्याक्निलको पासमा गोल गर्न सफल भएका थिए। त्यसपछि आर्सनलले लगातार दवाव बढाएपनि एभर्टनले अग्रता जोगाउँदै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो।

यस जितसँगै एभर्टन २१ खेलबाट १८ अंक जोडेर १७औं स्थानमा उक्लिएको छ। पराजित आर्सनलले शीर्षस्थानमा आफ्नो अग्रता बढाउने अवसर गुमाएको छ। आर्सनलको २० खेलबाट ५० अंक छ।

प्रकाशित: २२ माघ २०७९ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App