१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

वल्भ्ससँग लिभरपुलको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वल्भ्ससँग लज्जास्पद हार बेहोरेको छ। लिभरपुलले यो सिजनमा खराब प्रदर्शनलाई निरन्तरता दिएको छ। यस क्रममा घरेलु मैदान मोलिनेअक्स स्टेडियममा गएराति भएको खेलमा लिभरपुल वल्भ्ससँग ३-० ले स्तब्ध बनेको हो।

वल्भ्सलाई जिताउन क्रेइग डसन र रुवेन नेभेसले एकएक गोल गरे भने एक गोल उपहार पाएको थियो।

खेलको पाँचौ मिनेटमा नै लिभरपुलका जोएल मटिपको आत्मघाती गोलबाट वल्भ्सले सुरुवाती अग्रता लियो। १२औं मिनेटमा क्रेइग डसनले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर पारे।

त्यसपछि ७१औं मिनेटमा रुवेन नेभेसले गोल गर्दै लिभरपुललाई ३-० ले स्तब्ध पारे। यो सिजन प्रिमियर लिगमा लिभरपुल सातौं हार बेहोर्न पुग्यो।

यस जितसँगै वल्भ्स २१ खेलबाट २० अंक जोडेर १५औं स्थानमा उक्लिएको छ। पराजित लिभरपुल २९ अंक जोडेर १०औं स्थानमा छ।

प्रकाशित: २२ माघ २०७९ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App