१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

अट्ठाइस क्रिकेटर बन्द प्रशिक्षणमा

घरेलु मैदानमा आयोजना हुने आइसिसी विश्वकप–२ क्रिकेटको त्रिकोणात्मक शृंखलाका लागि शुक्रबाट नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नामिबिया र स्कटल्यान्डसँग हुने खेलका लागि क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो। तर बलात्कारको अभियोगमा जेल परेर २० लाख धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने क्यानले टोलीमा राखेको छैन। बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई टोलीमा समावेश गर्ने या नगर्ने विषयमा छलफल भइरहेको बताएका थिए। यस्तै सन्दीपलाई पनि टोलीमा राख्न सक्ने चर्चा भएको थियो। २० असोजमा पक्राउ परेका लामिछाने थुनामुक्त भएपछि क्रिकेट संघका पदाधिकारीहरूले खेलमा फर्काउने विषयमा छलफल गरेका थिए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुने शृंखलामा नेपालले फेब्रुअरी १४ र १८ मा नामिबिया तथा फेब्रुअरी १७ र २१ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ। यसै गरी स्कटल्यान्ड र नामिबियाले फेब्रुअरी १५ र २० मा प्रतिस्पर्धा गर्नेछन्।  

लिगमा २४ खेल खेलेको नेपालले आठ जित र १४ हारको नतिजा निकाल्दा नेपालले एक खेल बराबरी गर्दै एक खेल बिनानतिजा टुङ्ग्याएको छ। नेपाल १८ अंकका साथ छैटौं स्थानमा छ। लिगको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलमा ४६ अंक जोड्दा नामिबिया ३० खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा छ। यसै गरी ओमान ४४, अमेरिका ३५, युएई २७ र पपुवा न्युगिनी ५ अंकका साथ क्रमश दोस्रो, चौथो, पाँचौं र अन्तिम स्थानमा छन्।  

बन्द प्रशिक्षणमा डाकिएका खेलाडी  

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, शरद् भेषावकर, ललितनारायण राजवंशी ,विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सूर्य तामाङ, अविनाश बोहोरा, विवेक यादव, भीम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी।

प्रकाशित: १४ माघ २०७९ ०१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App