२३ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

साँघुरो जितबाट लुम्बिनी फाइनलमा

 डेथ ओभरमा किशोर महतोले उत्कृष्ट बलिङ गरेपछि लुम्बिनी अल स्टार्स आइतबार जनकपुर रोयल्समाथि ६ रनको साँघुरो जित निकाल्दै नेपाल ट्वान्टी–२० लिगको फाइनलमा पुगेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई हराउँदै लुम्बिनीले आगामी बुधबार हुने उपाधिका लागि भिडन्त तय गरेको हो। पराजित जनकपुरले भने फाइनल यात्राका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग मंगलबार खेल्नेछ। इलिमिनेटरको प्रतिस्पर्धा सोमबार विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीच हुनेछ। जितनजिक पुगेर अवसर गुमाएको जनकपुरले दोस्रो क्वालिफायरमा सफलता निकाले उपाधि भिडन्त तय गर्नेछ। जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा जनकपुरले सदुपयोग गर्न सकेन।  

त्यसअघि १९औं ओभरमा लुम्बिनीले २३ रन खर्चिएकाले डेथ ओभरमा बलिङ गर्न आएका किशोर दबाबमा थिए। तथापि, किशोरले उत्कृष्ट प्रदर्शन गर्दै तीन रन मात्रै खर्चेर लुम्बिनीलाई पहिलो संस्करणको फाइनलमा पुर्‍याए। यस क्रममा उनले आक्रामक ब्याटिङ गरिरहेका पवन सर्राफविरुद्ध चार बल डट गराए। पवन ३० रनमा नटआउट रहे। पवनले १९ बलमा २÷२ चौका र छक्का हिर्काए। त्यसअघि अन्तिम दुई ओभर बाँकी छँदा १११÷६ को कठिन अवस्थामा रहेको जनकपुर १ सय ४५ रनको लक्ष्य पछ्याइरहेको थियो।  

यति बेला जनकपुरलाई जितका लागि १२ बलमा ३४ रन आवश्यक थियो। साड्ले भानको १९औं ओभरको सुरुआती दुई बलमा अफगानी ब्याटर समिउल्लाह सिनवारीले लगातार दुई छक्का हिर्काउँदै जित सम्भावना ब्युँताएका थिए। तर, साड्लेको तेस्रो बलमा अर्को ठूलो सट खेलेका सिनवारी बाउन्ड्री लाइन क्याच आउट हुन पुगे। त्यसपछि ब्याटिङमा आएका सोमपाल कामीले चौथो बलमा १ रन लिँदै लयमा देखिएका पवनलाई स्ट्राइक दिए। पवनले पाँचौं र छैटौं बलमा क्रमशः चौका र छक्का हिर्काउँदै जितनजिक पु¥याए।  

तर, डेथ ओभरमा भने पवन असफल भए। १९औं ओभरमा अनुभवी ब्याटर समिउल्लाह आउट हुनु नै जनकपुरका लागि घातक साबित भयो। समिउल्लाहले ३१ बलमा ४५ रन जोडे। उनको इनिङमा दुई चौका र तीन छक्का रह्यो। मध्यम सुरुआत गरेको जनकपुरका ब्याटर लामो समय क्रिजमा टिक्नै सकेनन्। ओपनरद्वय सराफुद्दिन असरफ २४ रन र ट्रेभोन ग्रिफिथ १० रनमा आउट भए। त्यसपछि ब्याटिङमा आएका दिलीप नाथ, सन्दीप जोरा र असान प्रियन्जनले दोहोरो अंकमा रन बटुल्न नै सकेनन्। तथापि, समिउल्लाहले इनिङ समाले पनि जित दिलाउन असफल भए।

लुम्बिनीका विपुल शर्मा, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान दुई विकेटसँगै किफायती बलिङ गर्दै जनकपुरलाई लक्ष्य पूरा गर्नबाट रोके। साड्ले भानको नाममा एक विकेट रह्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निकै खराब सुरुआतका बावजुद १ सय ४३ रनको मध्यम योगफल खडा ग¥यो। इनिङको पहिलो बलमै ओपनर हरमित सिंहलाई गुमाएको लुम्बिनीका अर्को ब्याटर कुशल भुर्तेल पनि ३ रनमै आउट भए। त्यससँगै लुम्बिनी २.४ ओभरमा २÷७ को अवस्था पुग्यो। लुम्बिनीले छैटौं र सातौं ओभरमा लगातार मिलन्था लाहिरूलाई १६ रन र दीपेन्द्रसिंह ऐरीलाई १० रनमा गुमायो।

चार विकेट पतन हुँदा लुम्बिनीको खातामा ३२ रन मात्र थियो। तर, ईशान पाण्डे र अनिल साहले पाँचौं विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासे। ईशान ३८ रन र अनिल २४ रन बनाएर आउट भए। त्यसपछिका ब्याटर विपुल शर्मा र साड्ले भानले क्रमशः २० र १७ रन जोडेपछि लुम्बिनी मध्यम योगफतर्पm अग्रसर भएको हो। जनकपुरका लागि असान, सोमपाल र जितेन्द्र मुखियाले समान दुई विकेट लिए

प्रकाशित: २५ पुस २०७९ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App