५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

२२ औं आहा रारा गोल्डकप: संकटा दोस्रो पटक उपाधि नजिक

नविन लामा गोल गर्ने प्रयासमा र रोक्दै संकटाका गोलकिपर टिकेन्द्रसिंह थापा। तस्बिर उमेश पुन/नागरिक

विभागीय क्लब सशस्त्र प्रहरीको चुनौतिलाई ४–१ को फराकिलो गोल अन्तरले पन्छाउँदै संकटा २२ औं आहा रारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ। पोखराको मैदानमा दोस्रो उपाधिको खोजीमा रहेको संकटाले साविक विजेता सशस्त्रलाई लज्जास्पद हार चखायो।

पोखराको मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा संकटासँग सशस्त्र शुरुदेखि नै लर्बराएको थियो। त्रिभुवन आर्मी क्लबलाई क्र्वाटरफाइनलमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको संकटाले अर्को विभागीय क्लबलाई सहज पन्छाउन दुई अफ्रिकन खेलाडी नायक बने। 

अफ्रिकन खेलाडीहरु बीचको आपसी तालमेलमा संकटाले एकपछि अर्को गोल निकाल्यो। काउण्टर एट्याकमा दुई गोलको सामना गरेको सशस्त्रले संकटा विरुद्ध खास आक्रमण बुन्न सकेन्। १९ औं संस्करणका विजेता संकटाले पहिलो गोलको ५ औं मिनेटमा निकाल्यो।

सशस्त्रका दुई डिफेन्स र गोलकिपर बीचको आपसी समन्वय नहुदाँ पहिलो गोलको सामना गर्यो। मनबहादुर रानामगर र दिपेश धिमाल तथा गोलकिपर राजु नगरकोटी बीच समन्वय भएन्। व्याक पासदिने र गोलकिपरले क्लियर गर्ने भन्नेमै दुविधा रह्यो। यद्यपी राजु नगरकोटीले क्लियर गर्न खोजेको बल स्टेफन विनोङसँग रिफ्लेक्ट हुदैं गोलमा परिणत भएपछि संकटाले खुशी मनायो। सशस्त्र त्यसै गोलबाट मनोबल घट्न पुग्यो।

पहिलो हाफ हुुनुभन्दा दुई मिनेट अघि मात्रै संकटाले दोस्रो गोल थप्यो। दोस्रो गोलको सामना गरेको सशस्त्र प्रहरी भने खेलमा फर्किने सम्भावना कमजोर बन्दै गयो। स्टेफन विनोङको क्रसपासमा मेसुकेले गोल गरे। स्टेफनलाई आयुष घालानले बल उपलब्ध गराएका थिए। घालानको पास कप्तान सुमन वललाई दिएका थिए। वलले पछाडि रहेका स्टेफनलाई छोडिदिए। स्टेफनले अनमार्क बसेका मेसुकलाई पास दिएका थिए।

पहिलो हाफमा सशस्त्रले केही राम्रो अवसर सृजना गरेको थियो। ३ मिनेटमा युवराज खड्काले संकटाका डिफेन्डरलाई कटाउँदै हानेको प्रहार आन्द्र थिएरीले क्लियर गरेका थिए। १७ औं मिनेटमा नविन लामाको पासमा विकु तामाङको प्रयास क्रसबारमाथिबाट बाहिरियो। ३९ औं मिनेटमा पनि सनिष श्रेष्ठको क्रसपासमा बुद्धिमान राईको हेडर संकटाका गोलकिपरकै हातमा परेको थियो।

पहिलो हाफमै २–० ले पछि परेको सशस्त्रले दोस्रो हाफ केही सुधारिएको प्रदर्शन गर्यो। तर स्कोरिङ निकाल्ने प्रयास भने ७४ औ मिनेटमा सम्भव रह्यो। त्यतिन्जेल सशस्त्रसँगको अन्तरलाई संकटाले फराकिलो बनाइसकेको थियो। खेलको ६१ औं मिनेटमा स्टेफनले काउण्टर एट्याकमै व्यक्तिगत दोस्रो गोल गरे। ७४ औं मिनेटमा सशस्त्रले आवास लामिछानेको पासलाई बैकल्पिक खेलाडी हरि कार्कीले गोल फर्काए। खेल टुंगिदाँ उनको गोल सशस्त्रले सान्त्वनाको रुपमा लियो।  ८६ औं मिनेटमा संकटाले अन्तिम गोल गर्यो। गोलसँगै संकटाले खेल ४–१ को जित दर्ता गर्यो। आन्द्र थिएरीको लङ फ्रिकिकलाई असफाईड ट्रयाप विट गर्दै मेसुकेले व्यक्तिगत दोस्रो गोल गरे। दुई गोल गरेका स्टेफन म्यान अफ दि म्याच घोषित भए। 

एकपछि अर्को आक्रमण बुनेको संकटाले खेलको ६३ औं मिनेटमा गोलको अवसरलाई गुमायो। काउण्टर एट्याककै रणनीतिमा देखिएका संकटाका लागि स्टेफन विनोङको प्रयास सेकेण्ड बार नजिकिदैंबाट बाहिरिन पुग्यो। टोप विष्टलाई पास उपलब्ध गराएका थिए। सशस्त्रले ६६ औं मिनेटमा विकु तामाङले वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बललाई संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाको खुट्टामा लागेर रिवाउण्ड भएको थियो।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनल खेल भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका र चर्च ब्वाईज युटाईटेड बीच हुने छ।  

प्रकाशित: २० पुस २०७९ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App