१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

म्याच फिक्सिङ भएको भन्ने हल्ला भ्रामक: क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला भ्रामक भएको बताएको छ।

क्यानले बुधबार एक वक्तव्य जारी गर्दै यस प्रकारका म्याच फिक्सीङका बारेमा जानकारी भए प्रमाण सहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा नेपाल टी–२० लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन आग्रह गरेको छ।

क्यानले जारी गरेको वक्तव्यमा नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ। मिथ्या र भ्रामक सूचना नफैलाउन पनि कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा हस्ताक्षरित वक्तव्यमा आग्रह गरिएको छ।

यस अघि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि यही आरोप लगाउँदै आफ्नो जिम्मेवारी छाडेका थिए।

प्रकाशित: २० पुस २०७९ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App