२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनसँग बराबरी खेलेको छ।शनिबार राति सम्पन्न खेलमा सिटीले एभर्टनसँग १(१ गोलको बराबरीमा खेलेको हो।

खेलको २४ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर   एभर्टनका डिमराइ ग्रेले ६४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन।

यस बराबरीसँगै सिटी १६ खेलमा ३६ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। एभर्टन १७ खेलमा १५ अंक जोडेर १६ औं स्थानमा रहेको छ।

प्रकाशित: १७ पुस २०७९ ०३:१२ आइतबार

इंग्लिस प्रिमियर लिग फुटबल म्यानचेस्टर सिटी