२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

कैलालीमा नहरमा डुबेर एक जनाको मृत्यु

कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका–२ का २२ वर्षीय प्रेम रसाइली रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।

रसाइली लम्कीचुहा– ६ गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए।

केही समययता जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। शुक्रबार मात्रै गौरीगङ्गा नगरपालिकास्थित नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु भएको थियो।्

सोही नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको थियो।

प्रकाशित: ३ श्रावण २०८२ १८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App