गएरातीदेखि परेको अविरल वर्षाका कारण रौतहटको सदरमुकाम गौरका अधिकांश सरकारी कार्यालय परिसरमा पानी भरिएको छ।
सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय, मालपोत, पूर्वाधार, जिल्ला अदालत, नापी कार्यालय, जिल्ला कारागार, प्रादेशिक अस्पताल, प्रजिअ निवास, सरकारी वकिल कार्यालय, कोष तथा लेखा नियन्त्रण, कृषि तथा घरेलु र साना उद्योग कार्यालयसहित भन्सार क्षेत्रका कार्यालयहरू प्रभावित भएका छन्।
बागमती र लाल बकैया नदीमा बाढि आएको र पानी भरिनुका कारण जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ। प्रहरी प्रमुख एसपी नेत्रमणि गिरिले अहिलेसम्म जिल्लामा कुनै मानवीय क्षति नभएको जानकारी दिएका छन्।
प्रकाशित: १८ आश्विन २०८२ १८:४१ शनिबार





