२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

सन्दीप लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा

नाबालिगमाथि बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ।

लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको हो। प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन्।

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो। बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।

प्रकाशित: १७ कार्तिक २०७९ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App