भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार नगरको सल्लाघारीमा रहेका साद्य पसलहरुको अनुगमन गरियो। अनुगमनमा म्याद नाघेको समानहरु खुद्रा मूल्य अठ्ठाईस हजार रुपैयाँ बराबरको समान नष्ट गरेको संयोजक गोराले बताए।
अनुगमनमा फेमिली मिनी स्टोर २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल संचालन गरेकोले पसल दर्ता गर्न निर्देशन दिइयो। साथै प्याकेजिग सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र विक्रीवितरण गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दियो। म्याद नाघेको समानहरु मारी विस्कुट २८ पाकेट, रोयल फ्रुट केक १ वटा, जिरा कुकिज विस्कुट ४ पाकेट, भुजिया ४ पाकेट, फुरनदाना ८ पाकेट, मुस्ली ३ बट्टा, डाईजेस्टिभ विस्कुट १ पाकेट, पशुपति पापड १ पाकेट, फेयर एण्ड हाण्डसम ४ वटा नष्ट गरियो।
साथै डर्मी कुल २ वटा, जिलेट सेभिग क्रिम १ वटा, सेन्ट १२ वटा, भिक्स २ पाकेट, बेबी हेयर आयल ४ वटा, इन्डिका हेयर कलर १ वटा, हिमालयन क्रिम ६ वटा, साबुदान २३ पाकेट, दालचिनी १२ पाकेट, सिधेनुन ७ पाकेट, उपहार कुकिज १ पाकेट, सेकुवा मसला ३ पाकेट, बिबिसी ध्यू हाप लिटरको ७ वटा, २०० मिलिको ९ वटा, डिडिसि ध्यू १ पाकेट, पिलाफ चामल ५ केजिको १ पाकेट,अनमोल धनिया २९ पाकेट र मिक्स मसला २० बट्टँ जफत गरी नष्ट गरियो। साथै एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए।
लामा खाद्य स्टोर नवीकरण गर्न, प्याकेजिग सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र विक्रीवितरण गर्न, म्याद नाघेको डार्क फान्टासी चकलेट १६ पाकेट जफत गरी नष्ट गरियो। त्यस्तै दयाराम प्रजापतिको किराना पसल अनुगमन गरियो।
अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिका श्यानिटेशका शाखाका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी भैरब रावट, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सीताराम त्वायनालगायतको सहभागिता रहेको थियो।
प्रकाशित: २७ आश्विन २०७९ १२:५६ बिहीबार