३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राँचुली गाउँमा बाढीपहिरोले बितण्डा : ठूलो जनधनको क्षेति

कालिकोटका विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा ठूलो क्षेति पुर्‍याएको छ। तिलागुफा नगरपालिकाको—४ राँचुली गाउँमा बाढीपहिरोले १२ घर भत्किएर पुर्ण क्षेति भएका छन्। भने १२ घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। २०४ घरदुरी रहेको राँचुली गाउँमा माथिबाट आएको पहिरोले एक सय चार घरमा आंशिक क्षेति पुगेको छ।

बुधबार देखिको वर्षाका कारण जोखिममा रहेका उक्त बस्तीका नागरिकलाई नजिकैको कालिका मावि विद्यालयमा सारिएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले जानकारी दिए। पहिरोले तिलागुफा नगरपालिकामा दुई सय ५० घरमा क्षेति पुगेको छ।

यस्तै रास्कोट नगरपालिका –१ को न्यौपानेबाडा, वडानम्बर ३ को साकाटिया,वडानम्बर– ९ को थोल्ममा पहिराले एक सय पाँच घरमा क्षेति पुगेको छ। खाँडाचक्र नगरपालिकाको विभिन्न ठाउँमा पहिरोले गर्दा दुई सय घरमा क्षेति पुगेको छ।

सान्नी त्रिवेणी गाउँपालिकामा पनि बाढीपहिरोले ठुलो क्षेति गरेको छ। गाउँपालिकाको वडा नम्बर ७ मा दुईवटा घर भत्किएर पुर्ण क्षती भएको र दुई सय घरको खलो,आगनदेखि जमिन समेत बगाएको गाउँपालिका अध्यक्ष मोहन केसीले जानकारी दिए। उनका अनुसार पहिराले दुई सय घरमा क्षेति पुगेको छ। पचालझरना गाउँपालिकामा दुई सय घरमा क्षेति पुगेको छ।  

पलाँता गाउँपालिकामा तिन सय ५० घरमा क्षेति पुगेको छ। शुभकालिका गाउँपालिकामा ५५ घरमा क्षेति पुगेको छ। महावै गाउँपालिकामा ७० घरमा क्षति पुगेको छ। नरहरनिाथ गाउँपालिकामा पहिराले ५० घरमा क्षेति गरेको छ। बाढीपहिरोले कालिकोट जिल्लामा १४ सय ९५ घरमा क्षेति पुगेको विपद् व्यवस्थापन समिति कालिकोटले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७९ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App