२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

बर्दियाको जब्दीघाटको पुल बाढीले बगायो

बबई नदीमा आएको बाढीले बगाएको जब्दी घाटको पुल। तस्बिर/नागरिक

लगातार तीन दिनदेखि परेको वर्षाले बबई नदीमा निर्माण भएको जब्दीघाटको पुल बाढीले बगाएको छ।  

बारबर्दिया नगरपालिका स्थित गुलरिया सदरमुकाम जोड्नको लागि ८ वर्ष अघि निर्माण भएको पुल बगाएको हो। २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बिच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको पुल बगेको हो।

पप्पु कन्स्«टक्सनले करोडौं लगानीमा तयार पुल मापदण्ड विपरीत बनेको भन्दै अख्तियार अनुसन्धान आयोगमा मुद्दा परेको छ। पुल बगाएपछि दक्षिणबाट पुर्व पश्चिम राजमाार्ग पुग्नका लागि सहज माध्यम बनेको पुलबाट आवागमन ठप्प भएको छ।  

यसअघि क्षतिग्रस्त बनेको पुलको बिच भागको स्पान,स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु वास्तोलाले बताए। ‘लगातारको वर्षा पछि बबई नदीको सतह बढ्ने क्रममा थियो’ उनले भने,‘यसअघि बाढीले क्षति पुराएको पुल बगाएको छ।’ नदीमा पानीको सतह बढेपछि अप्रिय घटना घटन नदिन सुरक्षा निकायका सबै अंग परिचालन गरिएको प्रजिअ वास्तोलाले जानकारी दिए।  

प्रकाशित: २२ आश्विन २०७९ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App