१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

खोकनामा सिकाली जात्राको रमझम

ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ। सिकाली चौंरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाइरहेका हुन। दशैँको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन्। 

हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको ललितपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बताए। जात्रामा रुद्रायणीदेवीको मूर्ति खटमा राखेर नगरपरिक्रमा गर्ने गरिन्छ भने भक्तजनहरुका लागि विभिन्न स्थानीय गुठीहरुले निःशुल्क प्रसादको रुपमा भोजन गराउने गर्दछन्। यो जात्रा देशैंको बेलामा यहाँ सुरु हुने गर्दछ। जात्रामा स्थानीयले आफ्नो परम्परागत बाजागाजा बजाउने गर्दछन्। जात्राको व्यवस्थापन स्थानीय गुठीहरुले गरेका हुन्छन्।

प्रकाशित: १५ आश्विन २०७९ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App